Saturday, July 12, 2014

पोवि सभाबाट ५५ करोडको बजेट पारित

पोखरा विश्वविद्यालय सभाको १४ औं बैठक २०७० भदौ २८ गते शुक्रबारका दिन विश्वविद्यालयका कुलपति एवम् मन्त्रिपरिषद्का सम्माननीय अध्यक्ष खिलराज रेग्मीको अध्यक्षतामा राष्टिय योजना आयोग (हर्क गुरुङ् सभाकक्ष), सिंहदरबार काठमाडौंमा सम्पन्न भएको छ । उक्त बैठकले विश्वविद्यालयको आ.व. २०७०/७१ को वार्षिक कार्यक्रम र कुल ५५ करोड १० लाख ७४ हजारको बजेट पारित गरेको छ ।
DSC00381
पारित बजेटमध्ये पूँजीगततर्फ २४ करोड ४१ लाख ५४ हजार तथा साधारणतर्फ २० करोड ६९ लाख २० हजार रहेको छ ।
DSC00391
पोवि सभाको १४ औं बैठकले पोखरा विश्वविद्यालय शिक्षक कर्मचारीसम्बन्धी नियमावली २०५५, क्याम्पस (महाविद्यालय)÷शिक्षण संस्थाको सम्बन्धनसम्बन्धी नियमावली २०५६ र पोवि छात्रवृत्तिसम्बन्धी नियमावली २०६५ मा केही संशोधन र परिमार्जन गरेको छ । त्यसैगरी केही तहको एमफिल र पिएचडीको उपाधि निर्धारण र स्थापनाका साथै विश्वविद्यालयको रणनीतिक योजना तथा दोस्रो पञ्चवर्षीय कार्ययोजनालाई पनि परिमार्जन सहित पारित गरेको छ ।

No comments:

Post a Comment