पोखरा विश्वविद्यालयको विज्ञान तथा प्रविधि सङ्काय, स्वास्थ्य विज्ञान विभागको आयोजनामा विश्वविद्यालयको प्राज्ञिक भवन कम्प्लेक्समा “हिमालयन कच्चा औषधिः अवसर र चुनौतिहरू” नामक विषयमा एक दिने विचार गोष्ठी आयोजना भयो । “अमन्त्रमक्षरं नास्ति नास्ति मूलमनौषध्म् । अयोग्यः पुरूषः नास्ति योजकस्तत्र दुर्लभः” को मूल मन्त्रबाट आरम्भ भएको उक्त विचार गोष्ठीलाई गमलामा निमको विरुवा रोपेर कार्यक्रमका प्रमुख अतिथि एवम् पोखरा विश्वविद्यालयका उपकुलपति प्रा. खगेन्द्रप्रसाद भट्टराईले उद्घाटन गर्नुभएको थियो । उक्त गोष्ठीलाई सम्बोधन गर्दै उपकुलपति भट्टराईले हाम्रो मुलुक सानो भएतापनि अत्यन्तै विविधता भएको भएको उल्लेख गर्दै देशको विभिन्न ठाउँमा पाइने विविध खाले औषधिजन्य जडिबुटिहरूको पहिचान, संरक्षण र त्यसको उचित प्रयोग गरेर मानव जीवनको स्वास्थ्यलाई बचाउन सकिने उल्लेख गर्नुभयो ।
No comments:
Post a Comment